तपाईँ सुन्दै हुनुहुन्छः

गोठमा आगलागी हुँदा एकजना घाइते

सप्तरी । सप्तरीको डाक्नेश्वरीमा शनिबार राति आगलागी हुँदा एक जना जलेर घाइते भएका छन ।

डाक्नेश्वरीमा नगरपालिका ६ विसनपुर निवाशी ४२ वर्षीय अरुणकुमार मण्डलको गोठमा बालिएको घुरबाट आगो सल्किदा सुतिरहेका मण्डलको पिठ्यु र दाहिने हात जलेको छ । घाइते मण्डलको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

आगलागीमा ४ लाखभन्दा बढी रुपैयाँ बराबरको क्षति भएको मण्डलले बताए । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button