साँढे ३ लाख नगदसहित ५ जुवाडे पक्राउ
पर्वत । पर्वतको कुश्मामा झण्डै साँढे ३ लाख रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी टोलीले कुश्मा नगरपालिका ४ पुरानोचौकी स्थित चन्द्र पौडेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज नगद सहित पक्राउ गरेको हो ।
प्रहरीले हारजितको बाजी राखेर जुवा खेलेको भन्ने सुराकी पाएपछि छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडी बढाएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका ४ का ४७ वर्षिय थानेश्वर पौडेल, फलेवास नगरपालिका ९ भंगराका ३५ वर्षिय देवबहादुर क्षेत्री, कुश्मा नगरपालिका वडा नम्बर ६ का ३० वर्षिय संविधान गिरी र कुश्मा नगरपालिका वडा नम्बर ४ का ४३ वर्षिय विष्णु प्रसाद शर्मा रहेका छन् । जुवाखाल बाट प्रहरीले ३ लाख ४८ हजार ५५ रुपैयाँ नगद र तास बरामद गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्