अछाममा पालिका स्तरीय भलिबल प्रतियोगिता शुरु
अछाम । अछाममा पालिका स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
पञ्चदेवल अनुरा युवा सूचना केन्द्र दर्नाको आयोजनमा पालिका स्तरीय भलिबल प्रतियोगिता बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा शुरु भएको हो ।
पञ्चदेवल अनुरा युवा सूचना केन्द्रका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको भलिबल प्रतियोगीताको उद्धघाट्न समारोहमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्काले खेलकुद तथा युवाको विकासका लागी सक्दो सहयोग गर्न तयार रहेको बताउनुहुँदै युवाहरू रचनात्मक क्रियाकलापमा सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
५१ हजार प्रथम पुरस्कार राशि भएको खेलकुद प्रतियोगितामा जिल्लाका २७ टिमको सहभागिता रहेको खेलकुद प्रतियोगिता संयोजक तपेन्द्र साउँदले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्