कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता
पाल्पा- पाल्पाको रामपुर नगरपालिका–१० सिकोडाँडा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । दाउरा निकाल्ने क्रममा डुवेर गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।
मंगलबार स्थानीय लक्ष्मण माझि, छोप बहादुर बोटे र बुद्दे बोटेसँगै दाउरा निकाल्न नदीमा गएका सुवास बेपत्ता भएका हुन् । साथीहहरुसँगै दाउरा निकाल्न खोज्दा सुवास अचानक नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको प्रहरी र स्थानीयले खाजी कार्य जारी राखेका छन् ।







प्रतिक्रिया राख्नुहोस्