तपाईँ सुन्दै हुनुहुन्छः

बन्द रहेका खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं । सरकारले कोरोना भाईरसको महामारीपछि बन्द रहेका खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो । स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।

कोरोना भाईरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको थियो । सरकारले चैतबाट गरेको लकडाउन गत साउनमा खुला गरेपनि खेलकुद गतिविधिलाई पूर्ण रुपमा खुला गरेको थिएन ।

सरकारले अन्तराष्ट्रिय खेलका प्रशिक्षणको लागि भने अनुमति दिएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भदौ १ गते खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो ।

त्यसयता राखेपले फुटबल टिमलाई प्रशिक्षणको अनुमति दिएको थियो । फुटबल टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । यस्तै मंसिर १० गतेबाट क्रिकेट टिमलाई प्रशिक्षणको अनुमति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button