प्रहरीद्वारा गाँजा नष्ट अभियान जारी
सुनसरी । सुनसरीमा १ सता यता प्रहरीले गाँजा नष्ट अभियान जारी राखेको छ ।
यसलाई नियन्त्रणका लागि प्रहरीले प्रत्येका वर्ष आफनो गाँजा नष्ट अभियानलाई निरन्तरता दिन्छ ।
तर, अभियानको क्रममा व्यक्तिले लगाएको लाखौं बोट गाँजा नष्ट गरेपनि कसैलाई कानुनी कारवाही नगर्दा सुनसरीमा गाँजा खेती अझैपनि फस्टाएको देखिन्छ ।
नेपाल सरकारले लागु औषध भन्दै गाँजा खेतीलाई पूर्णतः कानुन विपरीत भनेको छ । तर, कानुन बिवरीत काम गर्नेलाई कारवाही नगर्दा कानुनको धज्जी उडाउँदै गाँजा खेती गर्ने क्रम सुनसरीमा बढेको हो ।
एकातिर प्रहरीको गाँजा नष्ट अभियान र अर्कोतिर गाँजा खेतीले प्रश्य पाउनुले दुबै समाजलाई असर पारेको छ । तर, यसबारेमा कुनै पनि सरोकारवालाहरुले खास रुपमा निवारणका लागि चासो र ध्यान दिएको पाइदैन ।
प्रत्येक वर्ष अभियान चलाउँदा समेत करोडौंको गाँजा उत्पादन भईरहेको गाँजाले समाजमा केही व्यक्तिलाई आर्थिक रुपमा लाभ भएपनि पूर्ण रुपमा बालबालिका र युवा पुस्तालाई यसले नराम्ररी प्रभावित गरेको छ ।
गाँजा खेतीले बाल मनोबिज्ञानमा असर पार्नुको साथै युवा पुस्ता समेत कुलतमा फसेको कारण यसलाई फडानी गर्ने अभियान मात्रै चलाएर नहुने भएकाले गाँजा खेतीलाई बोट र क्षेत्रको अधारमा कानुनी कार्वाहीको दायरमा ल्याउनुपर्ने आवश्यक रहेको छ ।
गाँजा खेतीले सुनसरीको गाउँ देखी शहरसम्म, व्यक्तिदेखि समुहसम्मलाई प्रभाव पारेको यसमा प्रहरी प्रशासनले अभियान मात्र चलाएर नहुने भएकाले कारवाही नै गर्नुपर्ने आवश्यक छ ।
वर्षमा एक चोटी चाडपर्वको रुपमा गएर लगाएको गाँजा फडानी गर्ने कार्यलाई तीव्रता दिएपनि हालसम्म कुनैपनि कारवाही प्रक्रिया अगाडी नबढाएकोले गाँजा खेती गर्नेतर्फ आर्कषण बढ्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्