प्रदेश सांसद पाण्डेको पहलमा बेतिनी झुपु सडकलाई २ करोड विनियोजन

नुवाकोट । प्रदेश सांसद केशव पाण्डेको पहलमा नुवाकोट बेलकोटगढी नगरपालिका स्थित बेतिनी झुपु सडक खण्डलाई दुई करोड रुपैया बिनियोजन भएको छ ।
प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य पाण्डेको पहलमा सदरमुकामदेखि नगरपालिका जोड्ने कृषि सडकलाई हालसम्मकै ठूलो रकम विनियोजन भएको हो ।
सांसद पाण्डेले हिजो मात्र संसदिय कोष मार्फतका ३ करोड रकम बराबरका विभिन्न योजनाहरु सार्वजनिक गर्नु भएको छ । जनतासँग हिजो निर्वाचनताका गरिएका बाचाहरु विस्तारै पुरा गर्नेक्रममा बजेट विनियोजन भइरहेको पाण्डेले बताउनुभयो ।
बेतिनीझुपु सडकखण्डको काम केही दिनमै नगरपालिकाले टेण्डर प्रकृयामा जाने र केही समयमै काम सुरु हुने सांसद पाण्डेले जानकारी दिनुभयो ।
उहाँकै पहलमा बारही बडारे सडकखण्डमा पनि २० करोड बरारबरको रकम विनियोजन भइसकेको छ ।
उक्त सडकमा ढलानको काम भइरहेको सांसद पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्