बिजुलीको तार चुडिएर बसमा करेन्ट प्रवाह, १ दर्जन यात्रु घाइते
वीरगञ्ज । पर्साको सखुवाप्रसौनिमा गुडिरहेको सार्वजनिक बसमा ११ हजार भोल्टको बिद्युतको तार चुडिएर खस्दा करेन्ट लागेर बसको छतमा सवार १ दर्जन यात्रु घाइते भएका छन भने १ जना महिलाको अवस्था गम्भिर रहेको छ ।
वीरगञ्जबाट ठोरीतर्फ तीव्रगतिमा गई रहेको ना १ त १३१ नम्बरको टिप्परले विद्युत पोलमा ठक्कर दिँदा अचानक तार चुडिएर गुडिरहेको बसको छतमा खसेपछि बसमा करेन्ट सञ्चार भएको थियो ।
बसमा करेन्ट लागेपछि यात्रुहरु छतबाट हाम फाल्ने तथा उत्रने क्रममा केही घाइते भएका र केहीलाई करेन्ट समेत लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका मध्ये पर्सा औराहा पचगवा निवासी जागमति देविको अवस्था गम्भिर रहेकोले उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको स्थानीय प्रदिप चौरसियाले जानकारी दिनुभयो ।
अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ । बिद्युत पोलमा ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्