तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणाली लागू


सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले नयाँ नागरिकता सम्बन्धी सेवा प्रवाह गर्न टोकन प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला नयाँ नागरिकता लिनेहरुको अत्याधिक भिड बढेपछि टोकन प्रणाली लागू गरेको हो ।

संक्रमण फैलिनबाट रोक्न तथा स्वास्थ्य सर्तकतासहितको सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयोजनले टोकन प्रणाली लागू गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरले जानकारी दिनुभयो । जसअनुसार मंसिर २ गतेसम्मका लागि टोकन वितरण भइसकेको छ ।

टोकन पाइसकेका सेवाग्राहीलाई सोमवारबाट नयाँ नागरिकता प्रदान गर्ने कार्यालयले आइतवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । टोकन नपाएका सेवाग्राहीहरुलाई मंसिर ३ गतेबाट मात्रै कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button