तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २१ करोड बढीको आलु उत्पादन

file photo

सल्यान । सल्यानमा जिल्लमा यो वर्ष २१ करोड बढीको आलु उत्पादन भएको छ । वर्षे र हिउँदे आलु गरी २१ हजार ९४ लाख ५० हजार मेटिक्टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ । वर्षे आलु ४ हजार ५ सय ६० मेटिक्टन र हिउँदे आलू १९ हजार ५ सय ५० मेटिक्टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनु भयो ।

जिल्लामा यो वर्ष गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादन बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button