तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय स्थलसेनाध्यक्ष नरवणे वसन्तपुर र पशुपतिक्षेत्रमा

file photo

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गर्नुभएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उहाँ आजै यहाँ आइपुग्नुभएको हो । भारतीय सेनाध्यक्ष नरवणेका साथ उहाँकी धर्मपत्नी विना पनि हुनुहुन्छ ।

उहाँले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गर्नुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गर्नुभयो ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button