तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट तनहुँमा थप एक पुरुषको निधन

तनहुँ । कोरोना संक्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका ४ का एक बृद्धको निधन भएको छ । पोखरा स्थित चरक अस्पतालमा ७० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो संगै शुक्लागण्डकी नगपालिकामा मृत्यु हुनेका संख्या २ पुगेको छ भने तनहुँमा १३ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । यस अघि गत कार्तिक १० गते एक ५० वर्षीय पुरुषका संक्रमणबाट निधन भएको थियो ।

जिल्लाको व्यास नगरपालिकामा ५, भिमादमा ३, आँबुखैरेनीमा २, म्याग्देमा १, र शुक्लागण्डकीमा २ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

बुधबार निधन पुष्टि भएका वृद्ध गत १३ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई १५ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका प्रबक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button