बीपी प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु
सुनसरी । सुनसरीका दुईजना कोरोना संक्रमितको बीपी प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ६ की ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ की ६१ वर्षीया वृद्धा महिला छन् ।
इटहरी–६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
बालिकालाई गत सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै धरान १ की ६१ वर्षीया महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई असोज ३० गते कोरोना पुष्टि भएकोमा कात्तिक ५ गते प्रतिष्ठान भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्