तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व मन्त्रि फरमुल्लाह मन्सुरलाई कोरोना पोजेटिभ

बारा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि फरमुल्लाह मन्सुरलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रिय अस्पतालमा उनको कोरोना टेष्ट गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको समन्वयमा काँगे्रसका केन्द्रिय सभापति शेरबहादुर देउवा र कोरोना विभागका केन्द्रिय संयोजक पार्टीका केन्द्रिय सहमहामन्त्रि डा. प्रकाश शरण महतको सहयोगमा काठमाडौबाट हेलीकप्टर मगाएर काठमाडौस्थित मेडिसेन्टरमा उपचारका लागि पठाएको नेपाली काँग्रेस बाराको कोषाअध्यक्ष एवम कोरोनाका जिल्ला संयोजक चन्द्रशेखर यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button