तपाईँ सुन्दै हुनुहुन्छः

सम्धीका घर आएका व्यक्ति मृत फेला

बैतडी । सम्धीको घर बैतडी पुगेका कैलालीका एक व्यक्ति शंकास्पद रुपमा मृत अवस्थामा फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका ५० बर्षीय मानबहादुर सिंह मेलौली नगरपालिका–३ ढणौनमा मृत अवस्थामा फेला परेका हुन् ।

दशैंमा माइत आएकी बुहारीलाई घरमा बोलाउन मेलौली पुगेका सिंह मृत फेला परेको प्रहरीले जनाएको छ । सिंह ढणौन नजिकै रहेको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस बिषयमा थप अनुसन्धान भैहरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button