तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित कैदीबन्दीलाई सरसफाई सामाग्री वितरण

कृष्ण मण्डल, सप्तरी । सप्तरीको राजविराज कारागारमा रहेका कोरोणा संक्रमित भई मुक्त भएका कैदीबन्दीहरूलाई एक सामाजिक संस्थाले सरसफाईका सामग्री वितरण गरेको छ ।

कारागारमा संक्रमित भएका एक साय चार जना कैदीहरुलाई युनिसेफ प्रदेश २ को सहयोग तथा एसीडिसी नेपाल नामक संस्थाको समन्वयमा तोलिया १ थान, ब्रस र तुथपेष्ट १ थान, नुहाउने र लुगाधुने साबुन १ थान सहित महिला कैदीबन्दीहरुको लागि सेनेटरी प्याड समेत वितरण गरेको संस्थाका अध्यक्ष शम्भुन्नदन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button