तपाईँ सुन्दै हुनुहुन्छः

उच्च सतर्कता नअपनाउँदा कोरोना जोखिम बढने खतरा कायमै

वीरगंज । वीरगंजमा कोरोना संक्रमण सम्बन्धी उच्च सतर्कता नअपनाउँदा जोखिम फेरि बढने खतरा बढदै गएको छ ।

देशभरी कोरोना संक्रमणको अवस्था भयावह बन्दै गर्दा यता पर्सा जिल्लाले भने अहिले राहतको महसुस भए पनि सर्वत्र लापरवाही बढ्दा संक्रमण फेरि फर्कने देखिएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन ।

कोरोना महामारीको केन्द्रको पहिचान बनाएको पर्सा अर्थात वीरगंज अहिले तुलनात्मक रूपमा सुरक्षित अवस्थामा आइपुगेको भए पनि स्वास्थ्य सम्बन्धि उच्च सतर्कता नअपनाउँदा जोखिम फेरि बढने खतरा बढदै गएको छ ।

चैत ३१ गते वीरगञ्ज मा तीन जना भारतीय जमातीमा देखिएको संक्रमण साउन १ गते सम्म आईपुग्दा १५६ जनामा देखिसकेको थियो । भदौको दोस्रो साता उत्कर्षमा पुग्दा पर्सामा संक्रमितको संख्या २ हजार २० पुगेको थियो ।

यसबीचमा पर्साका ५२ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । अहिले वीरगञ्जको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा ७ र सामुदायिक आइसोलेसनमा १६ जनामात्र संक्रमित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाडले बताउनु भयो ।

पर्सामा कोरोना नियन्त्रण हुनुमा राजनीतिक दल, सरकारी संयन्त्र र नागरिक समाजको प्रभावकारी समन्वय र सहकार्य मुख्य कारण भएको तामाङले दावी गर्नु भयो ।

चैत ११ बाट लगाइएको बन्दाबन्दी साउनको पहिलो सातामा हटाइएसँगै पर्सामा कोरोनाको लक्षणसहितका बिरामी आउनेक्रम बढन पुगेको थियो । गम्भीर लक्षणसहितका बिरामीको धमाधम ज्यानमात्र गएन, कोरोनाको आशंकामा अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाएरै मृत्यु हुनेको संख्या पनि बढ्न थालेपछि सर्वत्र त्रास फैलिएको थियो ।

यस्तो अवस्थाबाट उन्मुक्ति पाउदै अगाडी बढेको वीरगंजमा अहिले फेरि कोरोना प्रति हेलचक्राई बढदै गएको छ । वीरगंजमा कोरोना संक्रमण उत्कर्षमा रहेको बेला कन्ट्याक्ट ट्रेसिड, आवागमन नियन्त्रण र उपचारका पूर्वाधारलाई मुख्य रणनीति बनाइएको थियो ।

तर अहिले कन्ट्याक्ट टे«सिङ हुन छाडेको छ भने आवश्यक सतर्कता समेत नअपनाउँदा भोली फेरि संक्रमण फैलिएर वीरगंज पुनः भयावह अवस्थामा पुग्ने खतरा बढदै गएको छ । प्रशासनले ‘नो मास्क नो मुभ’ को नियम बनाए पनि अहिले यो नियमको पालना भएको छैन ।

बजार क्षेत्रमा अधिकांश मानिसहरू मास्कविनै हिँडडुल गरि रहेका छन् । संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले न्यूनतम सतर्कता नअपनाएको प्रमुख जिल्ला अधिकारी अस्मा तामाङ्गले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button