पाल्पामा थप एक कोरोना सङक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
कार्तिक ५ गते सङक्रमण पुष्टी भएका उनमा अन्य समस्या समेत रहेको बुझिएको छ । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ११ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्