अमेरिकाको राष्ट्रपतीय मतदान केही घण्टामा सुरु हुँदै
वासिङ्गटन डि.सी। अमेरिकाको राष्ट्रपति पदका लागि हुने मतदान अबको केही घण्टामा सुरु हुँदै छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडन बीच हुने राष्ट्रपतीय मतदानलाई विश्वले विशेष चासोका साथ हेरिरहेको छ ।
आज (मंगलबार) अर्थात् नोभेम्बर ३ मा हुने मतदानलाई कोरोना भाइरसको महामारीले प्रभावित पार्ने अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।
यसैबीच , नौ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरिसकेको जनाइएको छ ।
कुल मतदाताको सङ्ख्या २५ करोड ५२ लाख ३ सय ७३ रहेको त्यहाँको सङ्घीय निर्वाचन आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्