पार्टी एकताको रक्षा एवम् विकासका लागि लाग्न महासचिव पौडेलको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न सबैलाई आव्हान गनुभएको छ ।
नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन भन्नुहुँदै महासचिव पौडेलले आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आग्रह गर्नु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएकोले पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यलाई अनुरोध गर्नु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्