तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पुर्ब प्राबिधिक उपनिर्देशक मधुसुधन थापाको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व उपनिर्देशक (प्राविधिक) मधुसुदन थापाको आज निधन भएको छ । ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा उहाँको निधन भएको हो ।

स्व. थापाको जन्म २००९ साल कार्तिक १९ गते भएको थियो । २०३३ साल बैशाख १४ गते प्राविधिक टेक्निकल असिस्टेण्टका रुपमा प्रसार विभागमा अस्थायी नियुक्ति पाउनुभएका थापा ०३३ साल मंसीर ११ गतेदेखि स्थायी हुनुभएको थियो ।

०५० साल कार्तिक ५ गते असिस्टेण्ट इञ्जिनियर सातौं तहमा मिलान हुनुभएका थापाले ०६७ साल कार्तिक १९ गतेदेखि रेडियो नेपालको उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाउनुभएको थियो ।

स्वर्गीय थापाले ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गर्नुभएको थियो ।

थापाका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button