प्रदेश २, प्रदेश सभाको चौथो अधिवेशन आज अन्त्य हुँदै
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पाँचौ अधिवेशन आज मध्य रातिदेखि अन्त्य हुने भएको छ ।
प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आज मध्य राति १२ बजदेखि चौथो अधिवेशनको अन्त्य हुने उल्लेख रहेको छ ।
प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परिवारले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज मध्य राति १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाउनु भएको छ ।
प्रदेश सभाको पाँचौ अधिवेशनको मिति प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ । चौथो अधिवेशनमा ३७ पटक वैठक बसेको पनि संसद सचिवालयले जनाएको छ । चौथो अधिवेशनवाट प्रदेश सरकारको कतिपय महत्वपूर्ण विधेयकहरु पारित गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्