वीरगञ्जमा पर्साका १८, बाराका ६ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका १८ जना बाराका ६, रौतहट र सर्लाहीको १/१ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालका पीसीआर प्रयोशालामा गएराति पर्साको बिभिन्न स्थानबाट संकलन गरि ल्याइएको ९६ जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पर्सामा थपिएका संक्रमितहरुमा तराई अस्पतालका १ जना कर्मचारी, डाबर नेपालका २ जना , वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ८ ,१०, १२, १६ २० ,२२ का १/१ जनामा कोरोना संक्रमण पुष्टी भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।
त्यसैगरी पर्साकै पकाहामैनपुर गांउपालिका वडा नम्बर ४, र ६ का १/१ जना, बहुदरमाई नगरपालिका वडा नम्बर ९ का १ जना, बिन्दबासीनी गाउपालिका वडा नम्बर २ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उता बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ का २/२ जना, कलैया उपमहानगरपालिका वडा नम्बर १८ का १ जना र प्रसौनी गांउपालिका वडा नम्बर १ का १ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको प्रबक्ता डाक्टर चौरसियाले बताउनुभयो ।
त्यसैगरी रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ५ का १ जना र सर्लाहीको रामनगर नगरपालिका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।
थपिएका संक्रमितहरुको उमेर भने ९ देखि ६८ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्