तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका बाढी पीडितलाई रेडक्रसद्वारा राहत साम्रगी बितरण

बाजुरा । नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पीडितलाई राहत साम्रगी बितरण गरेको छ । साउन र भदौमा आएको बाढी र पहिरोमा परी समस्यामा परेका त्रिबेणी बुढिगंगा नगरपालिका र गौमुल गाउँपालिकाका पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको रेडक्रस सोसाइटी बाजुराका सभापति राम बहादुर शाहिले बताउनु भएको छ ।

शनिबार त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकाका १३ बाढी पीडित परिवारलार्इ ५हजार नगद सहित अन्य सामग्री र आज गौमुल गाउँपालिका वडा न १ र २ का ९ परिवार बाढी पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको सभापती शाहीले बताउनु भयो उक्त अवसरमा बिद्यालयहरुमा कोभिड १९ रोकथामका लागि स्वास्थ्य सामग्री पनि बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button