तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा आइतबारदेखि बन्द,भक्तपुरमा सेवा स्थगित

काठमाडौं– कोरोना संक्रमण उच्च भएको भन्दै ललितपुरमा आइताबार (कात्तिक २)देखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गरी सेवा बन्द गर्न लागेको जनाएको छ। ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले शुक्रबार जारी गरेको सूचनामा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सरोकारवाला निकाय, स्वास्थ्यविज्ञ, सुरक्षा निकायलगायतसँगको छलफलपछि आइतबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि यस्तो निर्णय गरिएको उल्लेख छ ।

त्यस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि कार्यालयका अत्यावश्यक वाहेकका सेवा बन्द गरेको जनाएको छ । कोभिड १९ को संक्रमण बढेर अवस्था भयावह बन्नसक्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको  प्रशासकीय अधिकृत यज्ञराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button