बाँकेमा गएराति थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा गएराति थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ६१ बर्षीय पुरुषको गएराति ९ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उच्च रक्तचापको समेत समस्या रहेको उनमा असोज २५ गते कोरोना पुष्टि भएको थियो । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोकी १८ बर्षीया महिलाको पनि गएराति साढे ९ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यृु भएको श्रेष्ठले बताउनुभयो । उनमा असोज २९ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्