रेडियो नेपालकर्मी अधिकारी सम्मानित

चितवन । सुरक्षित र सभ्य निर्माण गर्ने प्रहरी अभियानमा सत्य तथ्य समाचार सम्प्रेषण गरेको भन्दै रेडियो नेपालका चितवन संवाददाता सूर्यप्रसाद अधिकारी सम्मानित हुनुभएको छ ।
६५औँ प्रहरी दिवसको अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले अधिकारीलाई संयुक्त रुपमा कदरपत्र प्रदान गर्नुभएको थियो ।
कोभिड–१९ को सङ्क्रमण जोखिम न्यूनिकरण एवं सामाजिक अपराध रोकथाम र नियन्त्रणमा प्रधान सम्पादक अधिकारीले खेलेको भूमिकाको मुल्यांकन गर्दै सम्मान गरिएको कुरा उक्त कदरपत्रमा उल्लेख छ ।
पत्रकार अधिकारी लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ । साथै अधिकारीसँगै चितवनस्थित सिनर्जी एफएमका स्टेशन म्यानेजर रमाकान्त पौडेललाई समेत उक्त अवसरमा सम्मानित गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्