६५औँ प्रहरी दिवसको अवसरमा अस्पतालमा सरसफाई

अछाम । प्रहरी दिवसको अवसरमा अछाम प्रहरीले सरसफाई गरेको छ । ६५औँ प्रहरी दिवसको अवसरमा जिल्ला अस्पताल परिसरमा सरसफाई गरिएको हो ।
प्रहरीको एक टोलीले जिल्ला अस्पताल परिसरमा सरसफाई गरेको हो । बिहिबार बिहान जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनोज विष्ट, नर्सिङ निरिक्षक गंगा बुढामगरसहितको उपस्थितिमा प्रहरीले सरसफाई गरेका हुन् ।
प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार जिल्ला अस्पताल सरसफाई गरिएको प्रहरीले जनाएको छ ।
नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी निरिक्षक लोकेन्द्र गुरुको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो ।

दिवसको अवसरमा जिल्ला अस्पतालमा आइ सरसफाई गरिदिनु भएकोमा अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विष्टले प्रहरी संगठनलाई धन्यवाद दिनुभयो ।
दिवसको अवसरमा शुक्रबार बिशेष कार्यक्रम गरिने अछाम प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्