नारी सञ्चार गृह झापाको अध्यक्षमा भीमा शिवाकोटी
झापा । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन हुनुभएको छ ।
मंगलबार विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको उपाध्यक्ष पनि हुनुहुन्छ ।
समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशीला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।
पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको यसअघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्