तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक मूलपानी तेक्वान्दो डोजाङ समग्रमा टिम च्याम्पियन

काठमाडौं । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा आयोजक मूलपानी तेक्वान्दो डोजाङ समग्रमा टिम च्याम्पियन बनेको छ ।

प्रतियोगितामा ११ विधामा समावेश दुई दिने प्रतियोगितामा मूलपानीले ४ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगितामा स्युचाटार ४ स्वर्ण र १ रजत साथ दोश्रो भयो । तेश्रो स्थानको बुटवलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पार्यो ।

बाँकी १–१ स्वर्ण नेपाल प्रहरी र कोटेश्वरले आफ्नो पोल्टामा पारे । दुई दिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button