बुटवलमा एकैरात तीन सङ्क्रमितको मृत्यु
रुपन्देही – रुपन्देहीको बुटवलमा गयराती ३ जना कोरोना संक्रमितको मृत्यु गएको छ । उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उहाँको शनिबार नै कोरोना पुष्टि भएको थियो ।
बिरामीको अवस्था जटिल रहेकाले लुम्बिनी अस्पतालले आईसीयू अनिवार्य भनेपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उहाँको मृत्यु भएको थियो ।
त्यसैगरि गत असोज २२ कोरोना पुष्टि भएर २४ गतेदेखि कोरोना बिशेष अस्पतालमा भर्ना रहेका ७० वर्षिय पुरुषको शनिबार राती ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो । उहाँको गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।
बुटवलमा मध्यराती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको मध्यराती २ बजे मृत्यु भएको डा. गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्