तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जको लाइसेन्स शाखा अनिश्चितकालका लागि बन्द

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जको सवारी चालक अनुमति शाखा अर्थात लाईसेन्स फाँटमा कार्यरत सहायक लेखापाललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यलयले आइतबारबाट सम्पुर्ण सेवा अनिश्चित कालका लागि बन्द गरेको छ ।

यातायात व्यवस्था कार्यालय लाईसेन्स शाखाका प्रमुख सुशिल साहले सहायक लेखापालमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नगर्दा सम्म कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु आइतबार देखि अनिश्चितकालका लागि बन्द गरिएको बताउनुभयो ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टिसँगै उनको सम्पर्कमा आएका अन्य कर्मचारीहरु समेत होम क्वारेन्टिनमा गर्नुपर्ने भएको र अन्य कर्मचारी स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्रै कार्यलय संचालन हुने मिति तय गरिने साहले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालयले जारी गरेको सुचनामा एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै निजको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई सेल्फ आईसोलेशनमा बस्नुपर्ने भएकोले सेवाग्राहीको सुरक्षाको मध्यनजर गरी मिति २०७७ असोज २५ गते आइतबारदेखि अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button