लागुऔषधसहित एक पक्राउ, लाखौँको पटाका बरामद
भद्रपुर, झापा । झापामा प्रतिवन्धित लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१० बस्ने १९ वर्षीय आजम दाहाल रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर–२ स्थित देउनिया पूलमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार दाहालको साथबाट डाइजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी २८५ एम्पुल लागुऔषध बरामद भएको छ ।
यसैगरी, भद्रपुर नगरपालिका–३ स्थित महेशपुर नाकाबाट पटाकासहित एक जना अटो चालकलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर– ४ बस्ने ४२ वर्षीय ढाक्रे राजवंशी रहेका छन् ।
बरामद गरिएको ५८ बण्डल खुर्सानी पटाकाको मूल्य एक लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्