तपाईँ सुन्दै हुनुहुन्छः

फोटोसहित सवारीको गति मापन गर्ने अत्याधुनिक लिडार स्पिड गन प्रयोगमा

बारा । प्रदेश नं.२ को ट्राफिक प्रहरीले फोटो सहित सवारीको गति मापन गर्ने अत्याधुनिक लिडार स्पिड गन प्रयोगमा ल्याएको छ ।

दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने हेतुने प्रयोगमा ल्याईएको लिडार स्पिड गनको प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले परिक्षण गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका १ दुधौरा पुल नजिकै परिक्षण गरेको हो ।

यसअघि गति मापन गर्न प्रयोग हुँदै आएको राडर गन भन्दा धेरै विशेषता लिडारमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाका प्रबक्ता डिएसपी राम बहादुर ढकालले जानकारी दिनुभयो ।

तोकिएको भन्दा बढी गतिमा सवारी चलाएको पाईएमा ट्राफिक नियम अनुसार ५ सय देखी १ हजार ५ सय सम्म जरिवान गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button