तपाईँ सुन्दै हुनुहुन्छः

मिसिगनका गभर्नरलाई अपहरण गर्ने योजना एफ.बि आईद्वारा विफल

मिसिगन अमेरिकाको मिसिगन राज्यका ग्रेचेन विटमरलाई अपहरण गरि पदबाट हटाउने योजनालाई अमेरिकी गुप्तचर निकाय एफ.बि आईले विफल पारेको छ ।

गर्भनर विटमरले कोरोना भाइरसको संक्रण रोक्न कडा प्रावधानहरु लागु गरे पछि मिसिगन राज्यमा उहाँको तिब्र विरोध भएको थियो ।

अधिकारीहरुका अनुसार ६ पुरुषहरुले , अपहरणको योजना बनाएका र अपहरण पछी गर्भनर विटमर माथि देशद्रोहहको अभियोग लगाउने उनिहरुको योजना रहेको थियो ।

यसैबीच , गर्भनर ग्रेचेनले मिसिगनमा घृणा र हिंसालाई कुनै स्थान नरहेको बताउनु भएको छ ।

एफ.बि .आइले ६ जना योजनाकारहरु सहित १६ जनालाई हिरासतमा लिई कारबाही अघि बढाएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button