तपाईँ सुन्दै हुनुहुन्छः

न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

बूढानीलकण्ठ– बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले यस न्यायिक समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ ।

पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत सङ्क्रमण भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button