नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिबार दोहोरो अङ्कले घटेको छ ।
लगातार उकालो लाग्दै आएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । बिहिबार २ अर्ब ९० करोड रूपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१९३ कम्पनीका शेयर खरिद बिक्री भएकोमा ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।
बिहिबार सबैभन्दा धेरै कारोवार हुने तीन कम्पनीमा अरूण कावेली हाइड्रोपावर नेसनल हाइड्रो र सानिमा माइ हाइड्रोपावर कम्पनी रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्