तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीको पानी खाँदै आएका नाम्राका ५५ घरमा पुग्यो खानेपानी

सल्यान । लामो समयदेखि खानेपानीको समस्या झैल्दै आएका सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ नाम्राको प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ ।

वषौंदेखि भेरी नदीको पानी खाँदै आइरहेका नाम्राका ५५ घरपरिवार घरघर खानेपानी आएपछि खुशी भएका छन् ।

खानेपानी सुविधा पुगेपछि गाउँमा खुसीयाली छाएको ४० वर्षीया जीतकला बुढाले बताइन । उनले भनिन ‘अबदेखि भेरी नदीमा पुग्नुपर्ने बाध्यता हट्यो । दिनरात पानीकै चिन्ता हुन्थ्यो, पानी पुगेपछि गाउँमा विकास आएको महशुस भयो ।’

स्थानीय चमेली केसीले घर नजिकै धारा बनेपछि घरायसी कामकाज गर्न सजिलो भएको बताइन । उनका अनुसार खानेपानी समस्याका कारण बालबालिका र महिलाले लामो समयसम्म सास्ती भोग्नु परेको थियो । ‘लुगा धुन र नुहाउन सधैं नदीमा झर्नुपथ्र्यो पानी ल्याउने चटारोले बालबालिकाले पढाइ पनि छुट्थ्यो, उनले भनिन ‘अहिले सरसफाइका काम सहज बनेका छन’। घर नजिकैको धाराको पानीलाई करेसाबारीमा लगाइ तरकारी उत्पादन गर्ने उनको योजना छ ।

नाम्राका सबै घरमा खानेपानी सुविधा पुर्याउन खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष ४४ लाख बजेट खर्चिएको थियो । बनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीले नयाँ योजना बनेपछि स्थानीयबासीको दैनिकी सहज बनेको बताए ।

‘वडाका सबै घरमा एक घर, एक धारा बनाउने हाम्रो योजना छ,’उनले भने, ‘प्राथमिकताका आधारमा सबै टोलमा योजना कार्यान्वयन गरिरहेका छौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button