तपाईँ सुन्दै हुनुहुन्छः

केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौं २९ गतेदेखि आमरण अनसनरत प्रा.डा गोविन्द केसीसंग भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गरी उहाँको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले आज विज्ञप्ति जारी गरी प्रा.डा केसीसंग विगतमा भएका सम्झौताको कार्यान्वय स्थिति सार्वजनिक गर्न र बाँकी माग वार्ता एवं संवादको माध्यमबाट समाधान गरी जीवन रक्षा गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button