तपाईँ सुन्दै हुनुहुन्छः

‘धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ’

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनु भएको छ ।

ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button