कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेको तयारी पूरा
काठमाडौं । प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ मा हुँदैछ ।
अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेनासहित ४४ टिमका २ सय ८ खेलाडीले कौशल प्रर्दशन गर्ने आयोजक कागेश्वरी मनोहराका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्