तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ स्तरीय मिलेनियम टुरिज्म एलायन्स स्थापना


भद्रपुर, झापा । टुर एण्ड ट्राभल्स, यातायात र उड्डयन क्षेत्रलाई एकीकृत रुपमा समेट्ने उद्देश्यले प्रदेश १ स्तरीय मिलेनियम टुरिज्म एलायन्स स्थापना भएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई उकास्न के गर्न सकिन्छ भन्ने विषयमा सोमबार झापाको भद्रपुरमा सरोकारवालाहरुबीच सम्पन्न अन्तरक्रियापछि एलायन्स गठन भएको हो ।

झापा भद्रपुरका ट्राभल्स व्यवसायी गोपाल खनालको संयोजकत्वमा गठित समितिले होटल, ट्रेकिङ, गाइड, होमस्टेलगातका क्षेत्रलाई समेत समेटेको छ । पर्यटनसँग सम्बन्धित सबै व्यवसायको प्रतिनिधित्व हुने गरी गठन गरिएको तदर्थ समितिमा भूगोललाई समेत मध्यनजर गर्दै प्रतिनिधित्व गराइएको संयोजक खनालले बताउनु भयो ।

समितिको सदस्यमा पर्यटन अभियानकर्मीहरु शङ्कर भट्टराई, फडिन्द्रप्रसाद दाहाल, दिपक पोखरेल, तेजराज मैनाली, राजेन्द्र तुलाधर, अर्जुनकुमार कार्की सीमा, लक्ष्मी कार्की, असारु राजबंशी, केदार बस्नेत, वीरबहादुर कटुवाल, विष्णुकुमार श्रेष्ठ, राजन दङ्गाल, राजन प्रधान, भवेषकुमार श्रेष्ठ, इन्द्रमाया कार्की, राजु अधिकारी र अस्मिता कुलुङलगायत रहेका छन् ।

खनालकै अध्यक्षतामा आयोजित ‘एकीकृत पर्यटन प्रवद्धृन तथा पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा सहभागीहरुले कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी थला परेको भन्दै यसको पुनर्उत्थानमा सरोकारवाला सबै पक्षको एकीकृत प्रयास आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button