तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २ घाइते

गुल्मी-गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना परेर २ जना घाईते भएका छन् । गएराती गुल्मीदरवार गाउँपालिका १ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बर को ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिनुभयो । दुर्घटनामा परेर चालक कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मी दरवार गाउँपालिका १ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाईते भएका छन् ।
घाईते २ जनाको मजुवा स्थित शारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर सडकबाट २५ मिटर तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button