महाकाली प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा एक दिनका लागि बन्द

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
आइसीयुमा उपचाररत एक जना बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवाहरु आइतबारएक दिनका लागि बन्द गरिएको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरि कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, यही असोज १५ गते निमोनियाबाट ग्रसित एक जना बिरामीलाई अस्पतालको आइसीयु कक्षमा भर्ना गरी विभिन्न परीक्षण गर्दा स्क्रब टाइफस र कोरोना पोजेटिभ देखिएकोले अस्पताल हाता भित्र ओपीडीलगायतका कक्षमा सेनेटाइजेसन गर्नुपर्ने हुँदा एक दिनका लागि अन्य सेवा बन्द गरिएको हो ।







प्रतिक्रिया राख्नुहोस्