फस्फोराईड अन्वेषणात्मक ड्रीलीङ कार्यको मन्त्री भट्टद्धारा उद्धघाटन
बैतडी । सरकारले बैतडीको दोगडाकेदार गाउँपालिकामा फस्फोराईड अन्वेषण शुरु भएको छ ।
फस्फोराईड अन्बेषणात्मक ड्रीलीङ कार्यको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले शुक्रवार उद्घाटन गर्नु भएको छ ।
दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ बसौरामा डोलोमाईड चट्टान पत्ता लागेपछि खानी तथा भुगर्भ विभागले रसायनिक मल बनाउने कारखानाका लागी डोलोमाईड चट्टान उत्खन्न गर्ने तयारी गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यस अघी खानी तथा भुगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भुगर्भविद कुमार खड्का र भुगर्भबिद सुजन देबकोटा लगायतको बिज्ञ तथा प्राबिधिकहरुको टोली असोज १२ गते बैतडीको दोगडाकेदार पुगेको थियो ।
खानी तथा भुगर्भ बिभागले चासो देखाए पछि खब गाउँपालिकामा फस्फोराईड खानी उत्खनन हुन लागेको हाम्रा समाचार दाताले जनाउका छन् ।








प्रतिक्रिया राख्नुहोस्