तपाईँ सुन्दै हुनुहुन्छः

अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, सात घाईते 

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किदा एकजना को मृत्यु भएको छ भने सातजना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो सवा दुई बजे सो सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नम्बरको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५० प ४५५० नम्बरको मोटरसाइकल एक अपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाँउपालिका ४ का ३५ बर्षिय जित बहादुर रानाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक सोही ठाँउका बेल बहादुर राना घाइते भएका छन । अटोमा सवार चालकसहित सवार अन्य छ जना पनि घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको शर्माले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button