रेडियो नेपालको अंग्रजी समाचार सुधार कार्यशाला सम्पन्न

काठमाडौं । रेडियो नेपालको अंग्रेजी समाचार सुधार तथा शैली निर्धारण सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ ।
कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रसारण क्षेत्रमा रेडियो नेपालको आफ्नै ऐतिहासिकता र गौरव रहेकोले त्यसलाई जोगाई राख्न प्रसारणमा थप सुधार आवश्यक रहेको बताउनुभयो ।
सचिव बस्यालले रेडियो नेपालका समाचार र कार्यक्रममा रहेका कमीकमजोरी सुधारका लागि निरन्तर प्रयास जारी राख्न आग्रह गर्नुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारणमा रहेका कमीकमजोरीलाई सुधार गर्दै यसको विरासत कायम राख्न व्यवस्थापन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक अशोक बाँस्कोटाले राज्यका तर्फबाट नै प्रसारण सम्बन्धी प्रशिक्षण केन्द्रको स्थापना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सुदर्शन श्रेष्ठ, रेडियो नेपालका मुख्य सम्पादक जनार्दन बिष्ट र प्रशिक्षार्थीका तर्फबाट दिपेन्द्र सिलवालले ६ दिने कार्यशाला उपलब्धिमूलक रहेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्