तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख

सिन्धुपाल्चोक- भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मारक पार्कको काम यथाशीघ्र अघि बढाउन आफ्नो पहल रहने प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभएको छ ।

बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगत निर्माणको चरणमा रहेको भुकम्प स्मारक पार्क समन्वय तथा सहजिकरणको लागि भएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

उक्त स्मृति पार्कका संरक्षक समेत रहनुभएका सभामुख सापकोटाले राष्ट्रिय गौरबको आयोजना स्मृति पार्क बनाउन कानुनी जटिलता हटाएर पुरा गरि छाढ्ने प्रतिवद्वता जनाउनुभयो । विधि विधान निर्माण गर्ने संघीय संसदको नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थिति भएको सभामुख सापकोटाले बताउनुभयो ।

‘यो राष्ट्रिय गौरबको आयोजना हो, यसले अन्र्तराष्ट्रिय महत्व राख्छ’, सभामुख सापकोटाले भन्न्ुभयो, ‘यसकारण बैठकमा मेरो उपस्थिति आफैंमा अर्थपूर्ण छ ।’ समस्या निराकरणको लागि जोखिम आवश्यकता परेपनि दिन आफु तयार भएरै आएको उहाँले बताउनुभयो। राम्रो काम गर्नको लागि कानुनी जटिलता मात्रै प्रधान नरहेको उहाँले जिकिर थियो ।

देशकै स्मरणयोग्य बनाउनको लागि केही क्षति भएपनि ब्यहोर्न तयार हुनपर्नेमा उहाँले जोड दिनुभयो । ‘हामीले थालेको महान कार्यलाई रोक्ने होईन की त्यसलाई ठिक ढंगले निकास दिनुपर्छ’, सापकोटाले भन्नुभयोे । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उहाँले प्रमुख जिल्ला अधिकारी लगायतलाई निर्देशन समेत दिनुभयो ।

स्मृति पार्कको तत्कालिन वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा २०७३ वैशाख २९ गते शिल्यान्यास गरिएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ दारेगौंडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १ सय ८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिल्यान्यास भएको हो । निर्माण समन्वय र सहजिकरण समिति गठन समेत भएर निर्माण कार्य शुरु भएको भनिएको भुकम्प स्मृतिपार्क पाँचवर्ष बितिसक्दा समेत योजनामै थन्किएको छ । ४९ करोड ९३ लाख १६ हजार ५ सय २४ रुपैयाको लागत अनुमान र पार्कको डिपिआर समेत सम्पन्न गरी पुनर्निर्माण प्राधिकरणबाट एककरोड स्वीकृत भई घेराबार लगाईएको थियो ।

बैठकका अध्यक्षता गर्नुभएका सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भुकम्प स्मृतिपार्क पनि सोही गतिमा बन्नुपर्ने धारणा राख्नुभयो । भुकम्पले देशकै सर्वाधिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भुकम्प स्मृति पार्क बनाउन कसैगरी नरोकिने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्व सांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङ लगाएतले स्मृति पार्क पुनर्निर्माणमा अड्किएको गाँठोलाई कुनैविधिद्वारा फुकाउन पर्ने धारणा राख्नुभयो ।

बैठकमा भुकम्प स्मृति पार्क निर्माणको हालसम्मको प्रगति र समस्याको बारेमा भुकम्प स्मारक पार्क समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोष कुमार निरौलाले कार्यपत्र प्रस्तुत गर्नभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै निरौलाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट यहि आर्थिक वर्ष २०७७ साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिस सहित पेश गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँका अनुसार सो समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकृत र सम्बन्धित नगरपालिकाको प्रमुख सदस्य रहेका छन् । बैठकले सदस्य सचिव रहेका निरौला र बन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुखलाई परामर्श गरेर समस्या सुल्झाउन जिम्मेवारी दिईएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यसैबीच भूकम्प स्मारक पार्क समन्वय तथा सहजिकरण समितिका संयोजक यस अघि सांसद शेरबहादुर तामाङ रहेकोमा बैठकले पूर्व सांसद सुभाष कर्मचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । आफुले जिम्मेवारी पाएसंगै स्मारक पार्क निर्माणको कार्यमा पूर्णरुपमा लागि पर्ने कर्मचार्यले प्रतिद्वता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button