इजरायली श्रम बजार नेपालीका लागि खुला
काठमाडौं । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।
इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले दुई देशबीचको समझदारीबाट कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने बताउनुभयो ।
यसैगरी नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा समेत हस्ताक्षर भएको छ । यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ ।
यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने ईजरायलस्थित नेपाली राजदूताबासले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्