तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध भिमफेदी–कुलेखानी सडकखण्ड सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट केन्द्रिय राजधानी जोड्ने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड सुचारु भएको छ ।

लगायतारको वर्षका कारण अवरुद्ध बनेको सडकखण्ड आज बिहानबाट सुचारु भएको हो ।

बिगत चार दिनदेखि अवरुद्ध सडक विभिन्न स्थानमा गएको पहिरो पन्छ्याएपछि आज बिहानबाट सुचारु भएको प्रहरीले जनाएको छ । तर, सिस्नेरीमा गएको पहिरो अझै नहटेकोले यात्रुले फाखेलको बाटो भएर यात्रा गर्नु पर्ने ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button